काठमाडौँ । बालेन सरकारले सयौँको घरजग्गा र सम्पत्ति जफत गर्ने तयारी सुरु गरेको छ । भ्रष्टचार र सम्पत्ति सुद्धिकरण गरेका करिब १०० सय बढीको सुरुमै सम्पत्ति जफत गर्ने प्रकृयालाई सरकारले अघि बढाएको हो भने करिब २८ सय बढी मुद्धाको अध्ययन जारी गरेको खुल्न आएको छ ।
विगतमा भ्रष्टाचार गरेर अकुत कमाएकाहरुलाई सरकारले तह लगाउँने नीति लिएसँगै यतिबेला भ्रष्टचारी र घुसघोरीहरुको भागाभाग भएको छ भने सरकारले कसैलाई नछोड्ने बताएको छ ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको सरकारले पाँच वर्षअघि गृह मन्त्रालयअन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन सुरु गरेको हो ।