Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चार दिनदेखि बेपत्ता सविता लिम्बूको शव बक्राहा खोलाको डिलमा फेला

चार दिनदेखि बेपत्ता सविता लिम्बूको शव बक्राहा खोलाको डिलमा फेला

काठमाडौँ । मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी करिब ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोलाको डिलमा फेला परेको छ। चार दिनदेखि हराइरहेकी उनको शव मंगलबार बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

स्थानीयका अनुसार शव फुलिएको अवस्थामा फेला परेको थियो। मृतकको पहिचान उनका श्रीमान्ले कपडाका आधारमा गरेका हुन्।

प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै शव परीक्षणका लागि पठाउने तयारी भइरहेको जनाएको छ।