काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप तीन वटा समस्याग्रस्त सहकारी संस्थाका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ।
समितिका अनुसार घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी का ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।
समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरेको छ। तोकिएको समयमा ऋण भुक्तानी नगरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिनेछ। त्यसैले सम्बन्धित ऋणीहरूलाई ढिलाइ नगरी कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
ऋणीहरूको विस्तृत नामावली :
https://www.coopmc.gov.np/content/13260/list-of-debtors-of-ghedung-declared-troubled-/