Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्रिपरिषद् निर्णय: सहकारी बेथिति प्रतिवेदन सार्वजनिकदेखि नयाँ महानिर्देशक नियुक्तिसम्म

मन्त्रिपरिषद् निर्णय: सहकारी बेथिति प्रतिवेदन सार्वजनिकदेखि नयाँ महानिर्देशक नियुक्तिसम्म

काठमाडौँ । सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमिततासम्बन्धी “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२” को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

यस्ता छन् बैठकका निर्णयहरू:

–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।

–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।

–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।

–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।