काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले सोमबार सार्वजनिक लेखा समितिको बैठकमा हालको बेरुजु अवस्थाबारे जानकारी दिएका हुन्।
उनका अनुसार हालसम्म करिब साढे ४ प्रतिशत बेरुजु फछ्र्यौट भएको छ, जसपछि बाँकी रकम करिब २२ अर्ब ७० करोडमा झर्ने देखिन्छ।
मन्त्रालयले थप करिब १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षण तथा फछ्र्यौट प्रक्रियामा रहेको जनाएको छ। यसपछि कुल फछ्र्यौट दर १८ देखि १९ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षमा भने बेरुजु फछ्र्यौटलाई ६० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिइएको छ, जुन विगत वर्षहरूमा ५० प्रतिशतभन्दा कम रहेको मन्त्रालयले जनाएको छ।