Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल–स्पेनबीच कृषि सहकार्य विस्तारबारे उच्चस्तरीय छलफल

नेपाल–स्पेनबीच कृषि सहकार्य विस्तारबारे उच्चस्तरीय छलफल

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि स्पेनका गैरआवासीय राजदूत एच.ई. जुआन एन्टोनियो मार्च पुजोलबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा कृषि आधुनिकीकरण, डिजिटलाइजेशन, जल व्यवस्थापन, जलवायु–अनुकूल कृषि, गुणस्तरीय उत्पादन तथा द्विपक्षीय सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको थियो।

राजदूत पुजोलले स्पेन कृषि प्रविधि, ट्रेसबिलिटी प्रणाली, वाइन तथा जैतुन तेल उत्पादन, सिट्रस खेती र पानी व्यवस्थापन प्रविधिमा सहकार्य गर्न इच्छुक रहेको बताए। साथै सन् २०२७ मा हुने FAO महानिर्देशक पदको निर्वाचनमा नेपालको समर्थन अपेक्षा गरिएको जानकारी पनि दिए।

मन्त्री चौधरीले नेपाल कृषि डिजिटलाइजेशन, युवा सशक्तीकरण र नवप्रवर्तनमा केन्द्रित रहेको उल्लेख गर्दै प्रविधि र जलवायु–अनुकूल कृषि प्रणालीमा सहकार्य गर्न तयार रहेको बताइन्। उनले GI दर्ता प्रक्रिया सुरु भएको र किवी तथा सुन्तलामा पाइलट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्।

भेटमा कृषि, प्रविधि, जल व्यवस्थापन र दिगो विकासका क्षेत्रमा नेपाल–स्पेन सहकार्य विस्तार गर्ने सहमति भएको छ।