Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अत्यधिक गर्मीमा तालिमका क्रममा ८ सशस्त्र जवान बेहोस्

अत्यधिक गर्मीमा तालिमका क्रममा ८ सशस्त्र जवान बेहोस्

काठमाडौँ । कैलालीको टीकापुरस्थित राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्रमा तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान शुक्रबार बिहान अचानक बेहोस् भएका छन्। बिहान दौड अभ्यास गरिरहेका बेला उनीहरू अस्वस्थ भएर ढलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी प्रकाश डाँगीका अनुसार बेहोस् हुनेमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

बेहोस् भएका जवानलाई तत्काल टीकापुर अस्पतालमा उपचारका लागि लगेर अक्सिजन दिइएको थियो। थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अत्यधिक गर्मीका कारण उनीहरूलाई समस्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।