Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ट्याक्सी कर र ‘कालो प्लेट’ प्रणाली खारेज गर्न महाविर पुनको माग

ट्याक्सी कर र ‘कालो प्लेट’ प्रणाली खारेज गर्न महाविर पुनको माग

काठमाडौँ । स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा लाग्ने उच्च कर र ‘कालो प्लेट’ प्रणालीमा अनियमितता भएको आरोप लगाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको दाबी गरे । उनका अनुसार ट्याक्सी खरिदमै सरकारले २५० देखि ३०० प्रतिशतसम्म कर लगाइरहेको छ, जसले व्यवसाय सञ्चालन कठिन बनाएको छ ।

सांसद पुनले ट्याक्सी सञ्चालनका लागि आवश्यक ‘कालो प्लेट’ लिन मात्रै करिब १५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसमा चलखेल र सिण्डिकेट रहेको आशंका व्यक्त गरे ।

उनले ट्याक्सी चालकहरूको जीविकोपार्जनलाई असर पार्ने यस्तो व्यवस्था हटाउनुपर्ने र नीतिगत सुधारमार्फत सहज वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारलाई तत्काल अध्ययन गरी प्रणाली खारेज गर्न आग्रह गरे ।