Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा राना मगरको आग्रह

बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा राना मगरको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालबालिकाको अधिकार र संरक्षणसँग जोडिएको संस्थालाई बिना स्पष्ट विकल्प हटाउन नहुने बताइन् ।

उनले अघिल्लो सरकारले परिषद् खारेज गर्ने निर्णय गरेको चर्चा सार्वजनिक रूपमा भइरहेको उल्लेख गर्दै वैकल्पिक संरचना र प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरिन् ।

सांसद राना मगरले बाल अधिकार संरक्षण, संस्थागत निरन्तरता र बालबालिकाको हित संवेदनशील विषय भएकाले हतारमा निर्णय लिन नहुने धारणा राखिन् । साथै उनले सरोकारवालासँग व्यापक छलफल र परामर्शपछि मात्रै यस विषयमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिइन् ।

बालबालिका समाजका सबैभन्दा कमजोर र आवाजविहीन वर्ग भएको उल्लेख गर्दै उनले उनीहरूको अधिकारप्रति राज्य थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताइन् ।