Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकार जनताको प्रश्नबाट भागेको हर्क साम्पाङको आरोप

सरकार जनताको प्रश्नबाट भागेको हर्क साम्पाङको आरोप

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले संसद् र जनताप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनसरोकारका विषय उठाउँदा सम्बन्धित मन्त्रीहरू सदनमा अनुपस्थित हुने गरेको भन्दै आपत्ति जनाए । सीमाना, महँगी नियन्त्रण र सहकारी पीडितलाई फिर्ता गरिएको रकमको स्रोतबारे आफूहरूले प्रश्न उठाउन खोजे पनि सरकारले जवाफ दिन नचाहेको उनको भनाइ थियो ।

उनले नीति तथा कार्यक्रममाथिको छलफलमा समेत मन्त्रीहरूको सहभागिता कमजोर रहेको उल्लेख गर्दै सरकार प्रश्नको उत्तर दिने दायित्वबाट भागिरहेको आरोप लगाए । सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकार सदनमा उपस्थित हुनुपर्ने उनको माग थियो ।