Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मा सर्वसम्मत अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मा सर्वसम्मत अनुमोदित

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ।

मंगलबार बसेको समिति बैठकमा गरिएको सुनुवाइपछि समितिले शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

समितिबाट अनुमोदन भएसँगै अब उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ।