Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित, परम्परा तोडिएको भन्दै सांसद सिंहको आपत्ति

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित, परम्परा तोडिएको भन्दै सांसद सिंहको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभामा जारी प्रि–बजेट छलफलका क्रममा अर्थमन्त्रीको अनुपस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले कडा असन्तुष्टि जनाएका छन्।

मंगलबारको बैठकमा सरकारको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए। यसलाई उल्लेख गर्दै सांसद सिंहले आफ्नो दुई दशक लामो संसदीय अनुभवमा अर्थमन्त्रीबिना प्रि–बजेट छलफल भएको पहिलो पटक देखेको बताए।

उनले बजेट विनियोजन र प्राथमिकतासम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय परम्परा तोडिएको भन्दै चिन्ता व्यक्त गरे। “नयाँपनको नाममा परम्परा भत्काउँदा संसद्को औचित्य कमजोर हुन्छ,” उनले भने।

सिंहले मधेश क्षेत्रका लागि बजेटमा प्राथमिकता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए।