Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बजेट तर्जुमा छलफलमा ऊर्जा र पूर्वाधार मन्त्रालयका योजना सार्वजनिक

बजेट तर्जुमा छलफलमा ऊर्जा र पूर्वाधार मन्त्रालयका योजना सार्वजनिक

काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग छलफल गरिएको छ। बैठकमा मन्त्रालयहरूले आफ्ना योजना र प्राथमिकताबारे जानकारी गराएका हुन्।

ऊर्जा मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले ऊर्जा, जलस्रोत र सिँचाइ गरी तीन क्षेत्रमा केन्द्रित कार्यक्रम अघि बढाइरहेको बताउँदै राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। उनका अनुसार बजेट सिलिङ प्रारम्भमा ४३ अर्ब रुपैयाँ रहे पनि छलफलपछि ४८ अर्ब १९ करोड रुपैयाँसम्म पुगेको छ।

यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले आन्दोलनका क्रममा क्षति पुगेका संरचना दुई वर्षभित्र पुनर्निर्माण गर्ने लक्ष्य रहेको बताए। उनले पहाडी जिल्लामा झोलुङ्गे पुल निर्माण र मर्मतलाई प्राथमिकता दिइएको उल्लेख गर्दै चालु वर्षमै सयौं पुल सम्पन्न गर्ने कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिए।