Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकार र लैङ्गिक अल्पसङ्ख्यक समुदायबीच सहकार्यमा जोड

सरकार र लैङ्गिक अल्पसङ्ख्यक समुदायबीच सहकार्यमा जोड

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी (नील हिरा समाज) का प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ।

नयाँ मन्त्रालयको नाममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई औपचारिक रूपमा समेटिएको सरकारको निर्णयप्रति समुदायका प्रतिनिधिहरूले धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले यसलाई दीर्घ समयदेखि उठाइँदै आएको माग पूरा भएको “ऐतिहासिक कदम” का रूपमा मूल्यांकन गरे।

भेटमा मन्त्री वादीले समुदायका अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताउँदै नीति निर्माणदेखि कार्यान्वयनसम्म सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन्।

समुदायका तर्फबाट सांसद भूमिका श्रेष्ठ, मनिषा ढकाल, सिम्रन शेरचनलगायत अभियन्ताहरूले सहभागी हुँदै कानुनी तथा नीतिगत चुनौतीहरूबारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।