काठमाडौँ । प्रतिनिधिसभामा ध्रुव राईले बाँदरका कारण सर्वसाधारणले दुःख पाएको भन्दै कडा अभिव्यक्ति दिएपछि त्यसप्रति आशिका तामाङले आपत्ति जनाएकी छन्।
सोमबारको बैठकमा सांसद राईले बाँदर र बँदेलका कारण जनताले समस्या भोगिरहेको उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट नीति ल्याउनुपर्ने बताएका थिए। उनले “राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देऊँ” भन्ने अभिव्यक्ति पनि दिएका थिए।
उनको उक्त भनाइपछि सांसद तामाङले संसदमा उठेर विरोध जनाउँदै बाँदर मार्न पाउनुपर्ने आशय व्यक्त गरिएको टिप्पणी आपत्तिजनक भएको बताइन्। उनले त्यस्तो अभिव्यक्ति फिर्ता मात्र नभई संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरिन्।
तामाङले “सलामी दिनुपर्ने” भन्ने शब्द प्रयोगसमेत असंसदीय र अनुपयुक्त रहेको टिप्पणी गरेकी छन्।