Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभामा विपक्षीको विरोध, सभामुखद्वारा मर्यादित व्यवहारको आग्रह

प्रतिनिधिसभामा विपक्षीको विरोध, सभामुखद्वारा मर्यादित व्यवहारको आग्रह

काठमाडौँ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी श्रम संस्कृति पार्टी ले विरोध जनाएको छ। बैठक सुरु हुनासाथ पार्टीका सांसदहरू वेलमा पुगेर सभामुखतर्फ पर्चा देखाउँदै प्रदर्शनमा उत्रिएका हुन्।

सांसदहरूले “प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नुपर्छ”, “प्रश्नबाट भाग्न पाइँदैन” र “जनमतको सम्मान गर” लगायतका सन्देश लेखिएका पर्चा प्रदर्शन गरेका थिए।

विरोधपछि सभामुख डोलप्रसाद अर्याल ले सदनभित्र मर्यादित ढंगले विरोध गर्न आग्रह गरे। उनले सभामुखको आसनअगाडि प्रदर्शन गर्नु उचित नभएको भन्दै संसदीय मर्यादा कायम राख्न निर्देशन दिएका थिए।

हाल श्रम संस्कृति पार्टीका सांसदहरूले शरीरमा पोस्टर टाँसेर आफ्नै सिटमा बसेर विरोध जारी राखेका छन्।