Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यौनजन्य हिंसाविरुद्ध कानुनी सुधारको पहल कार्यान्वयनमा

यौनजन्य हिंसाविरुद्ध कानुनी सुधारको पहल कार्यान्वयनमा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको पहलमा यौनजन्य हिंसा तथा जघन्य अपराध नियन्त्रणसँग सम्बन्धित अध्ययन प्रतिवेदन कार्यान्वयन प्रक्रियामा अघि बढाइएको छ।

मन्त्री गौतमले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो निर्णयअनुसार जबरजस्ती करणी, करणीपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिकाविरुद्धका जघन्य कसूरमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्ने र पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यसहित अध्ययन कार्यदल गठन गरिएको थियो।

कार्यदलले अपराध संहिता लगायत विद्यमान कानुनमा रहेका अवरोध, कमजोरी र सुधार गर्नुपर्ने पक्षबारे विस्तृत अध्ययन तथा विश्लेषण गरेर प्रतिवेदन पेस गरेको थियो। उक्त प्रतिवेदन अहिले कार्यान्वयन प्रक्रियामा अगाडि बढेको मन्त्रालयले जनाएको छ।