Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज संसद् बैठक : विपक्षीले अवरोध गर्लान् कि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल ?

आज संसद् बैठक : विपक्षीले अवरोध गर्लान् कि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल ?

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु हुने सम्भावित कार्यसूची छ । 

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसअघिको बैठकमा प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका विपक्षी दलले आज के  गर्छन् भन्ने खुलाइएको छैन ।