Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सेयर बजार खुलागरे नेपालमा ठूलो लगानी भित्रिन्छ : उपाध्यक्ष बज्राचार्य

सेयर बजार खुलागरे नेपालमा ठूलो लगानी भित्रिन्छ : उपाध्यक्ष बज्राचार्य

काठमाडौँ । रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले विदेशमा रहेका नेपालीहरूको सानो लगानीले पनि देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने बताए।

उनले विश्वभर रहेका नेपालीहरूले थोरै रकम मात्रै लगानी गरे पनि त्यसले खर्बौं रुपैयाँ बराबरको पूँजी नेपाल भित्रिन सक्ने उल्लेख गरे। “म अर्बौंको लगानी ल्याउन तयार छु, तर सरकारले सेयर बजार खुला गर्नुपर्छ,” उनले भने।

बज्राचार्यले नेपालको सेयर बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको दाबी गर्दै बाह्य लगानी भित्रिए अर्थतन्त्र विस्तार हुने धारणा राखे। साथै, सरकारले तयार पारेको प्रारम्भिक मस्यौदाप्रति पनि उनले असन्तुष्टि जनाए।

एउटा मात्रै घर राख्न पाइने र पुख्र्यौली सम्पत्ति बिक्री गर्दा आधा कर तिर्नुपर्ने प्रावधानले सरकारप्रति शंका पैदा गरेको उनको टिप्पणी थियो।