Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर लागूऔषधविरुद्ध प्रहरी अभियान, २६ जना पक्राउ

देशभर लागूऔषधविरुद्ध प्रहरी अभियान, २६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंसहित देशका विभिन्न जिल्लामा सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानमा २६ जना पक्राउ परेका छन्। पक्राउ परेकाबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा नियन्त्रित औषधि ठूलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंको गोकर्णेश्वर–८ जोरपाटीबाट मात्रै १२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित ७ जना पक्राउ परेका छन्। मोरङमा ट्रामाडोल र स्पास्पेन गरी ४ हजारभन्दा बढी ट्याब्लेटसहित एक जना नियन्त्रणमा परेका छन् भने रूपन्देहीमा स्पास्मो ट्याब्लेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापामा ब्राउनसुगरसहित २ जना, कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित ९ जना तथा कञ्चनपुरमा ३ जना पक्राउ परेका छन्। सुनसरीमा ब्राउनसुगरसहित एक जना नियन्त्रणमा परेका छन् भने धनकुटामा ९२ किलो गाँजासहित एक महिला पक्राउ परेकी छन्।

यस्तै, मकवानपुरको हेटौँडाबाट २१ किलोभन्दा बढी गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।