Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सभामुख डीपी अर्याल र जापानी राजदूतबीच भेटवार्ता, नेपाल–जापान सहकार्य विस्तारमा जोड

सभामुख डीपी अर्याल र जापानी राजदूतबीच भेटवार्ता, नेपाल–जापान सहकार्य विस्तारमा जोड

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत Maeda Toru ले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएको बताइएको छ। सभामुख अर्यालले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन्।

उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने अपेक्षा राखेका थिए।

राजदूत तोरुले पनि नेपालसँगको सम्बन्धलाई जापानले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा सहयोगलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।