Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विकास बजेट माग्दै वडाध्यक्ष मुख्यमन्त्री कार्यालयमा धर्ना

विकास बजेट माग्दै वडाध्यक्ष मुख्यमन्त्री कार्यालयमा धर्ना

काठमाडौँ । सुर्खेतमा विकास योजनाका लागि बजेट माग गर्दै एक वडाध्यक्षले आफ्नै पार्टी नेतृत्वविरुद्ध धर्ना दिएका छन्।

सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल र वडासदस्य विर्घबहादुर राना कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटमा धर्नामा बसेका हुन्।

यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले विरोध जनाएका हुन्।

वडाध्यक्ष रिजालका अनुसार घुइयाबारी–स्वामीबास–बबई सडक स्तरोन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक–पटक अनुरोध गर्दा पनि बजेट नपाएपछि धर्ना दिन बाध्य भएको हो।

सडकको खराब अवस्थाका कारण स्थानीयवासीले वर्षौंदेखि समस्या भोग्दै आएको र तत्काल समाधान नभए आन्दोलन जारी राख्ने चेतावनी पनि उनले दिएका छन्।