काठमाडौँ । राष्ट्रपति समक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत भएपछि सरकारी खर्चमा बढ्दो बेरुजु र आर्थिक अनुशासनबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ।
रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन तोयम राय ले शीतल निवासमा पेश गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले बेरुजु फछ्र्यौटमा ढिलाइ हुँदा सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिता कमजोर हुँदै गएको बताए। उनले सबै सरकारी निकायलाई वित्तीय अनुशासन कायम गर्न अझ जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार अनियमित खर्च नियन्त्रण गर्न सके मात्र सुशासन, दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। साथै, महालेखापरीक्षकको कार्यालयले संस्थागत क्षमता र आन्तरिक सुशासन सुदृढ गर्दै अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिएका छन्।