काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयअनुकूल बनाउन आवश्यक रहेको बताएकी छन्। पर्यटन कानुन संशोधन विधेयक २०८१ माथि समितिले दफावार अध्ययन र व्यापक छलफल गरिरहेको उनले जानकारी दिइन्।
‘हेलो सांसद’ कार्यक्रममा बोल्दै उदासले विधेयकमा अझै धेरै विषय समेटिन बाँकी रहेको उल्लेख गर्दै सरोकारवालाबाट आएका सुझावलाई समावेश गरिने बताइन्। उनले नेपालको पर्यटन क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन आध्यात्मिक पर्यटनसहित नयाँ आयाम थप्नुपर्नेमा जोड दिइन्।