काठमाडौँ । इबिडिङ ठेक्का प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
उनीविरुद्ध ठेक्का प्रक्रियामा सेटिङमार्फत घोटला गरिएको आरोपमा मुद्दा दायर गरिएको थियो। अदालतले धरौटी रकम बुझाएपछि उनलाई रिहा गर्न आदेश दिएको हो।