काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड नपुगेपछि केही चाउचाउ र बिस्कुट बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
यशोधा फुड्स प्रालि का ‘करेन्ट नुडल्स’ र ‘लाली चाउचाउ’ तथा एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिको ‘ज्याकन्याक क्रेकर्स’ परीक्षणमा कमजोर भेटिएपछि विभागले बिक्री रोक्न आदेश दिएको हो।