Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्युत् नियमन आयोगमा पदाधिकारी छनोटका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगमा पदाधिकारी छनोटका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोग का रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ को मन्त्रीस्तरीय निर्णयअनुसार तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। समितिको संयोजकमा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत रहेका छन् भने सदस्यमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी छन्।

समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि १५ दिनको समयसीमा राखी खुला आवेदन आह्वान गर्ने तयारी गरेको छ। प्राप्त आवेदनहरूको मूल्यांकनपछि २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गरिने व्यवस्था रहेको छ।

यसअघि अध्यक्ष र चार सदस्य पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।