Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुकुमवासी व्यवस्थापनमा मासिक १५ हजार भाडा दिने सरकारको तयारी

सुकुमवासी व्यवस्थापनमा मासिक १५ हजार भाडा दिने सरकारको तयारी

काठमाडौँ ।वास्तविक भूमिहीन तथा सुकुमवासीलाई स्थायी रूपमा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध नहुँदासम्म सरकारले अस्थायी राहतका रूपमा मासिक १५ हजार रुपैयाँसम्म घरभाडा सहयोग उपलब्ध गराउने तयारी गरेको छ।

समिति सभापति हरि ढकालका अनुसार हाल होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान प्रक्रिया (स्क्रिनिङ) जारी छ। पहिचान पूरा भएपछि उनीहरूलाई द्रुत प्रक्रियामार्फत लालपुर्जा वितरण गर्ने सरकारको योजना रहेको छ।