काठमाडौँ । सुहाङ नेम्वाङले संविधान संशोधन जनताको अधिकारलाई कमजोर पार्ने नभई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद नेम्वाङले संविधान संशोधन देशलाई प्रगतितर्फ लैजाने उद्देश्यसहित अघि बढ्नुपर्ने धारणा राखे।
उनले संविधानलाई केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत र पसिनाले बनेको साझा सहमतिको दस्तावेजको रूपमा व्याख्या गरे। उनका अनुसार संविधान राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावनालाई जोड्ने महत्वपूर्ण कडी पनि हो।
सांसद नेम्वाङले संविधान संशोधन पश्चगमनका लागि नभई लोकतान्त्रिक उपलब्धि र जनअधिकारको रक्षा गर्दै अग्रगमन सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्।