काठमाडौँ । गणेश पराजुलीले संसद्मा प्रयोग गरेको विवादित अभिव्यक्ति हटाउन सभामुख डोल प्रसाद अर्याल ले निर्देशन दिएका छन्। वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलका नेता पराजुलीले सम्बोधनका क्रममा ‘भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो’ भन्ने शब्द प्रयोग गरेका थिए।
सभामुख अर्यालले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन आदेश दिँदै मर्यादित भाषा प्रयोग गर्न सांसदहरूलाई सचेतसमेत गराएका छन्।