Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संविधान संशोधन बहसमा नबोलाएपछि सरकारसँग रिसाए मिराज ढुंगाना

संविधान संशोधन बहसमा नबोलाएपछि सरकारसँग रिसाए मिराज ढुंगाना

काठमाडौँ । संविधान संशोधन बहशपत्र तयार गर्ने कार्यादलले जेनजी प्रतिनिधिसँग गर्न लागेको छलफलमा नबोलाएपछि मिराज ढुंगानाले आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमार्फत संविधान संशोधन बहशपत्र तयार गर्ने कार्यादलमा भएको नियुक्तिमै प्रश्न उठाएका हुन् । 

कार्यदलको अध्यक्ष असिम शाहलाई लक्षित गर्दै उनले लेखेका छन्– 'म त मुटुको सर्जरी गर्दा कार्डियोलोजिस्ट नै चाहिन्छ, प्लम्बरले हुँदैन भन्ने मान्छे परेँ। अब मुटुको सर्जरी प्लम्बरले गर्ने हो भने के होला परिणाम, त्यो मैले परिकल्पना गर्न खोज्दै छु। सायद निकास अनि निर्वाचन भनेर सबैभन्दा बढी संवैधानिक निकासको जिद्दी गर्ने मिरज ढुंगाना बाहेक अरू कोही थिएन । तर डाइरेक्टर शावको यो कार्यदलमा छलफल गर्न, म नगएकै उत्तम हो। डाइरेक्टर शावले मेरो फलानो फिल्मको जस्तो मसालेदार संविधान बनाउनु पर्छ भन्नु भयो भने म सुन्न सक्दिन होला।'
  
उनी थप भन्छन्– 'एउटा अनुरोध डाइरेक्टर साब, 'खरानी ग्याङ'सँग तपाईंको निकटता छ क्यारे, यो देशमा त्यस्ता 'खरानी ग्याङ' फेरी नआउने र जो आजका खरानी ग्याङ छन् तिनीहरूलाई पनि कारबाहीको घेरामा ल्याउने संविधान बनाउनुस् है ! जेन-जी साथीहरू, तपाईँहरू चाहिँ जानु है। यो संवैधानिक दुर्घटना हुनबाट रोक्न सक्नुहुने भनेको तपाईँहरू नै हो।'