Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

श्रम संस्कृति पार्टीमा थपिए सुदन किरातीसहित ३ पदाधिकारी

श्रम संस्कृति पार्टीमा थपिए सुदन किरातीसहित ३ पदाधिकारी

काठमाडौँ । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन्।

सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टी सचिव टीकाराम राईले जानकारी दिए।

उनका अनुसार पार्टीले जनजीविकाको सवाललाई सशक्तरूपमा अगाडि बढाउँदै लैजानेछ।