Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रकाश अधिकारी प्रतिनिधिसभाको सचिव नियुक्त, २४ वर्षे निजामती अनुभव भएका अधिकारीलाई जिम्मेवारी

प्रकाश अधिकारी प्रतिनिधिसभाको सचिव नियुक्त, २४ वर्षे निजामती अनुभव भएका अधिकारीलाई जिम्मेवारी

काठमाडौँ । नेपालको संविधानको धारा १०६ अनुसार सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले प्रकाश अधिकारीलाई सङ्घीय संसद् प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थायी घर भएका अधिकारी निजामती सेवाबाट उपसचिव पदमा सेवानिवृत्त कर्मचारी हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् भने दक्षिण कोरियाको Kyung Hee University बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा समेत स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

अधिकारीसँग निजामती सेवामा २४ वर्षको अनुभव रहेको छ। उनलाई सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार विशिष्ट श्रेणीको सचिव सरह सुविधा पाउने गरी नियुक्त गरिएको हो।