काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकबाट भएका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयबारे जानकारी दिएका हुन्।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
- नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।
- विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
- सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ र योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
- भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।