Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सातामा दुई दिने बिदा लागू, विद्यालयको हिउँदे–बर्से बिदा घटाइने

सातामा दुई दिने बिदा लागू, विद्यालयको हिउँदे–बर्से बिदा घटाइने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालय व्यवस्थापनमा महत्वपूर्ण संशोधन गर्दै नयाँ कार्यसम्बन्धी परिपत्र जारी गरेको छ।

परिपत्रअनुसार अब शिक्षण संस्थाहरूमा शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा लागू हुनेछ। यससँगै दैनिक १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय निर्धारण गरिएको छ भने सोमबारदेखि शुक्रबारसम्म नियमित पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

शैक्षिक समय नघट्ने सुनिश्चित गर्न हिउँदे र बर्से बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। त्यस्तै, आन्तरिक मूल्यांकनलाई नियमित कक्षासँगै वा पठनपाठनमा असर नपर्ने समयमा सञ्चालन गर्न निर्देशन दिइएको छ।

अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याउने व्यवस्था पनि गरिएको छ। साथै, परियोजना कार्य, प्रयोगात्मक अभ्यास र अन्य सिकाइ गतिविधिहरूलाई व्यवस्थित रूपमा समावेश गर्न विद्यालयलाई निर्देशन दिइएको छ।

.