Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्घाखाँची बस दुर्घटना: मृत्यु ४ पुग्यो, दर्जनौं घाइते

अर्घाखाँची बस दुर्घटना: मृत्यु ४ पुग्यो, दर्जनौं घाइते

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्।

सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटनामा परेको हो। ध १ ख ५०४ नम्बरको रिजर्भ बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार मृतकहरूको पहिचान अझै खुल्न बाँकी छ। बसमा करिब ३० जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।