Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय परिचयपत्र सेवा देशभर अवरुद्ध, प्रणालीमा प्राविधिक समस्या

राष्ट्रिय परिचयपत्र सेवा देशभर अवरुद्ध, प्रणालीमा प्राविधिक समस्या

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभरका सेवा अवरुद्ध भएको जनाएको छ।

मंगलबार जारी सूचनामा विभागले प्रणालीको मर्मत कार्य नसकिएसम्म सेवा पुनः सुचारु गर्न नसकिने स्पष्ट पारेको हो। गत वैशाख २१ गतेदेखि प्रणालीमा समस्या देखिएपछि नयाँ दर्ता (इनरोलमेन्ट) गर्दा जारी हुने राष्ट्रिय परिचय नम्बरको प्रमाणीकरण हुन नसकेको विभागले जनाएको छ।

यसअघि वैशाख २३ गते नै मर्मत भइरहेको जानकारी दिइए पनि समस्या अझै समाधान हुन नसक्दा सेवा प्रभावित रहेको हो।

सेवा सुचारु भएपछि अर्को सूचनामार्फत जानकारी दिइने पनि विभागले स्पष्ट पारेको छ।