Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘हिमालयन ओरिजिन’ अवधारणाबाट नेपाली जलको ब्रान्डिङ गरिने

‘हिमालयन ओरिजिन’ अवधारणाबाट नेपाली जलको ब्रान्डिङ गरिने

काठमाडौं । सरकारले नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणा अघि सारेको छ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जलको ब्रान्डिङ गरी यसको पहिचान र बजार विस्तार गरिने जानकारी दिएका हुन्।

नीति तथा कार्यक्रममा सीमा विवादका विषय पनि समेटिएको छ। सरकारले यस्ता विवादको समाधान कूटनीतिक संवादमार्फत खोज्ने नीति लिएको जनाएको छ।