Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगामी वर्षभित्र ‘सडक बालबालिकामुक्त नेपाल’ घोषणा गर्ने सरकारको लक्ष्य

आगामी वर्षभित्र ‘सडक बालबालिकामुक्त नेपाल’ घोषणा गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति अघि सारेको छ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिने बताएका हुन्।

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा समावेशी समुदायलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ। साथै नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमै कम्पनी दर्ता, कर छुट र बिउ पूँजी उपलब्ध गराइने उल्लेख गरिएको छ।

सरकारले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन कृषि क्षेत्रमा बहुपक्षीय लगानी बढाउने तथा वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गर्न विशेष उत्पादन क्षेत्र विकास गर्ने नीति पनि अघि सारेको छ।