काठमाडौं । सरकारले मध्यम वर्गीय परिवार र उद्यमीमाथिको आर्थिक बोझ कम गर्ने नीति अघि सारेको छ।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर संरचनाको पुनरावलोकन गरी मध्यम वर्ग र व्यवसायीलाई राहत दिने बताएका हुन्।
सरकारले सूचना प्रविधिलाई राष्ट्रिय उद्योगका रूपमा घोषणा गर्दै एआई निर्यात प्रवर्द्धन गर्ने नीति पनि लिएको छ। साथै विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग लागू गरिने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा कृषि प्रशोधन, पर्यटन, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योग विस्तार गरी रोजगारीमुखी उत्पादन क्षेत्र विकास गर्ने योजना समेत समेटिएको छ।