Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूँजी बजारमा एनआरएन र पेन्सन कोषको सहभागिता बढाइने

पूँजी बजारमा एनआरएन र पेन्सन कोषको सहभागिता बढाइने

काठमाडौं । सरकारले पूँजी बजारमा गैरआवासीय नेपाली (एनआरएन) र पेन्सन कोषको सहभागिता विस्तार गर्ने नीति अघि सारेको छ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संस्थागत लगानीकर्ता, बीमा, म्युचुअल फन्ड तथा पेन्सन कोषलाई पूँजी बजारमा थप सक्रिय बनाइने बताएका हुन्।

सरकारले पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने लक्ष्य पनि लिएको छ। साथै धितोपत्र नियमन, नेप्से र क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति कार्यक्रममा उल्लेख छ।

यस्तै साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने तथा बीमा प्रणालीलाई डिजिटल माध्यमसँग जोडेर पहुँच सहज बनाइने सरकारको योजना छ।