काठमाडौं । आगामी आर्थिक वर्ष ०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा सुधार र आर्थिक पुनरुत्थानलाई प्रमुख अभियानका रूपमा अघि बढाइने उल्लेख छ।
कार्यक्रममा सबै वर्ग, क्षेत्र र समुदायको समान सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद गरी साझा विषय पहिचान गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गरिने स्पष्ट गरिएको छ।