काठमाडौं । आजको प्रतिनिधिसभा बैठक दिउँसोको कार्यसूची पूरा गरेपछि साँझका लागि स्थगित गरिएको छ। बैठक अब साँझ ५ बजे पुनः बस्नेछ।
सभामुख डोलप्रसाद अर्यालका अनुसार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक साँझ ५ बजे बस्नेगरी स्थगित गरिएको सभामुख अर्यालले जानकारी दिएका छन्।