Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकार स्वेच्छाचारी भएको कमला पन्तको आरोप

सरकार स्वेच्छाचारी भएको कमला पन्तको आरोप

काठमाडौं । राष्ट्रिय सभामा सरकारको कार्यशैलीप्रति तीव्र आलोचना गर्दै कमला पन्तले सरकार स्वेच्छाचारी र गरिबविरोधी मानसिकताबाट अघि बढिरहेको आरोप लगाएकी छन्।

राष्ट्रिय सभाको २१औँ अधिवेशनमा बोल्दै उनले हालको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरिन्। फागुन २१ को निर्वाचनपछि बनेको सरकारले राजनीतिक स्थिरता र आर्थिक विकासको अपेक्षा तोडेकाे उनको भनाइ छ।

पन्तले प्रतिनिधिसभाको अधिकार कमजोर पार्ने गरी अध्यादेशको अत्यधिक प्रयोग गरिएको र पहिले बोलाइएको संसद बैठक बिना कारण स्थगित गरिएको आरोप पनि लगाइन्। उनले बजेट निर्माण र कार्यान्वयनमा समेत सरकारको व्यवहार “कर्मकाण्डी” देखिएको टिप्पणी गरिन्।