काठमाडौं । शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो। सरकारी ठेक्का अलपत्र पारेको आरोपमा सहरी विकास मन्त्रालयको पत्रका आधारमा पक्राउ गरिएको कार्यालय प्रमुख सन्तोष खड्काले जानकारी दिएका छन्।
पक्राउपछि शर्मालाई थप प्रक्रिया लागि सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।