काठमाडौं । डा. रोशनी नेपालीले फिल्म लालीबजार प्रदर्शन रोक्न माग गर्दै रवि लामिछानेको गाडीअगाडि लम्पसार परेकी छन्। नेपाल पर्यटन बोर्डअगाडि भएको घटनामा उनले फिल्मले वादी समुदायलाई गलत रूपमा चित्रण गरेको आरोप लगाइन्।
रोशनीले फिल्मविरुद्ध उच्च अदालत पाटनमा रीट दायर गरेको र अन्तरिम आदेश नपाएपछि सर्वोच्च अदालत पुगेको जानकारी दिँदै सहयोगको अपिल गरेकी थिइन्। जवाफमा रवि लामिछानेले अदालतको निर्णयविरुद्ध जान नसकिने बताउँदै कानुनी बाटोबाटै समाधान खोज्न सुझाव दिएका थिए।
यता फिल्मविरुद्ध केही अभियन्ताले माइतीघरमा आन्दोलन जारी राखेका छन्। उनीहरूले फिल्मले समुदायको छविमा असर पुर्याएको दाबी गरेका छन्। अदालतले प्रदर्शन रोक्न अस्वीकार गरेपछि भने ‘लालीबजार’ देशभर प्रदर्शन भइरहेको छ।