काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले वैशाख २८ गते दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त सम्बोधनलाई बैठकले औपचारिक रूपमा अनुमोदन गरेको हो।