Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।

बालेन्द्र शाहको सचिवालयका अनुसार सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रम तथा जेठ १५ मा आउने बजेटमा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल प्लेटफर्म सुरु गरिएको हो।

देश–विदेशमा रहेका नेपाली, विषय विज्ञ तथा नीति–निर्माताले यस पोर्टलमार्फत विकास प्राथमिकता र बजेटबारे सिधै सुझाव दिन सक्नेछन्।

पोर्टलमा नागरिकले दिएका सुझावको अवस्था ट्रयाक गर्न सकिने विशेष सुविधा पनि राखिएको छ।

प्रधानमन्त्रीको सचिवालयले यसलाई नागरिक र राज्यबीचको दूरी घटाउने तथा सुशासन प्रवर्द्धन गर्ने नयाँ अभ्यासका रूपमा प्रस्तुत गरेको छ।