Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निजगढको होटलमा १९ वर्षीया युवती मृत भेटिइन्, हत्या आशंकामा तीन पक्राउ

निजगढको होटलमा १९ वर्षीया युवती मृत भेटिइन्, हत्या आशंकामा तीन पक्राउ

काठमाडौँ । बाराको निजगढस्थित एक होटलमा १९ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। निजगढ नगरपालिका–९ मा रहेको गुरुङ होटलमा बसेकी निजगढ–१२ कोलगाउँकी सीता थिङको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार थिङ एक युवकसँग होटलमा बसेकी थिइन्। शुक्रबार राति उनलाई निजगढ सामुदायिक अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनालाई शंकास्पद मान्दै प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनापछि प्रहरीले होटलमा मृतकसँगै रहेका दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको तथा दोषी देखिएकामाथि कानुनी कारबाही गरिने जनाएको छ।