Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उद्योगी व्यवसायीलाई धरपकड गर्ने सूची छैन : अर्थमन्त्री वाग्ले

उद्योगी व्यवसायीलाई धरपकड गर्ने सूची छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले व्यवसायीलाई थुन्ने वा नियन्त्रणमा लिने कुनै सूची नबनाएको स्पष्ट पारे।

उनले निजी क्षेत्र सरकारको साझेदार भएको उल्लेख गर्दै १०० बिलियन डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहने बताए।

अर्थमन्त्री वाग्लेले सरकारका पाँच प्राथमिकताबारे पनि जानकारी दिए। उनका अनुसार सुशासन, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक तथा बाह्य कनेक्टिभिटी, सामाजिक लगानी तथा पर्यटन, संस्कृति र इतिहासमार्फत ‘सफ्ट पावर’ विस्तार सरकारका मुख्य प्राथमिकता हुन्।

देशको अर्थतन्त्र नयाँ मोडमा पुगेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे। साथै, भारतले पछिल्लो दशकमा हासिल गरेको आर्थिक प्रगतिलाई उदाहरण दिँदै नेपालले पनि राजनीतिक स्थायित्व र इमानदारीसहित अघि बढे उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने बताए।